काठमाडौं . साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलमा रु १०० ले बढेको छ । सोमबार सुनको भाउ तोलामा ६० हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा ६० हजार ८०० मा कारोबार भएको थियो । यस्तै सोमबार तेजाबी सुन तोलमा ६० हजार ६०० मा कारोबार भइरहेको छ ।
यस्तै चाँदी तोलमा रु ७५५ मा कारोबार भइरहेको छ । आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




