भारतमा विवादास्पद कानुन पारित, मुस्लिम समुदायमाथि अन्याय भएको आरोप

काठमाडौं । भारतको तल्लो सदनले नागरिकतासम्बन्धी विवादास्पद कानुन पारित गरेको छ । नागरिकता दिँदा मुस्लिम समुदायका व्यक्तिलाई पक्षपात गर्ने व्यवस्था रहेको कानुन संसद्ले पारित गरेको हो ।

नयाँ कानुनमा बंगलादेश, पाकिस्तान र अफगानिस्तानबाट आएर कम्तीमा ६ वर्षदेखि भारतमा बस्दै आएका हिन्दू, क्रिश्चियन र शिख धर्मावलम्बीलाई नागरिकता दिने तर मुस्लिम समुदायका व्यक्तिलाई भने नागरिकता नदिने उल्लेख गरिएको अधिकारीहरूले बताएका छन् ।

नयाँ कानुनले मुस्लिम समुदायमाथि अन्याय गरेको भन्दै आलोचना भएको छ । नागरिकताका लागि धर्म विषेशलाई पक्षपात गरेकाले यो कानुन विवादमा परेको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दूवादी भएको र मुस्लिम समुदायप्रति अनुदार भएकाले यस्तो कानुन आएको कतिपयको टिप्पणी छ । तल्लो सदनबाट पारित भए पनि यो कानुनलाई माथिल्लो सदनले पनि पारित गर्नुपर्ने हुन्छ ।

भारतको उत्तरपूर्वी आसामलगायत विभिन्न प्रदेशमा दशकौंदेखि लाखौं व्यक्ति विभिन्न छिमेकी मुलुकबाट आएर बसोबास गरेका छन् ।(एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस