चलचित्र ‘चौका दाउ’लाई पिजी सर्टिफिकेट

काठमाडौं । सौर्य प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र ‘चौका दाउ’ २७ पुसबाट देशव्यापी रिलिज हुँदै छ । पूणेन्द्र झाको निर्देशन रहेको ‘चौका दाउ’ प्रदर्शनका लागि सेन्सर पास भएको छ ।

यो चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको सहयोगमा हेर्न मिल्ने गरी पिजी (प्यारेन्टल गाइडेन्स) सर्टिफिकेट दिएको छ । चलचित्र हास्यप्रधान रहेको निर्देशक झाले बताएका छन् ।

चलचित्रका निर्माता सौर्यजित बासकोटा र मनोज राजभण्डारी हुन् । यो चलचित्रमा दीर्घ गुरुङको छायाँकन रहेको छ भने मित्रदेब गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य निर्देशन छ ।

यस चलचित्रमा वरिष्ठ संगीतकार शम्भूजित बासकोटाको संगीत रहेको छ । चलचित्रको परिकल्पनाकार, कथाकार पनि बास्कोटा नै हुन् ।  चौका दाउमा सन्तोष पन्त, तैयव शाह वर्षा राउत, अजश्र ढुंगाना, विल्सिन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, सोनिका केसी, श्याम राई, शिवशंकर रिजाल (जोगिन्दर) लगायतको अभिनय छ । [youtube https://www.youtube.com/watch?v=fhVrq7azHZE]

चलचित्रको प्रोडक्सन म्यानेजर सुवासराज काफ्ले हुन् भने प्रोडक्सन सुपरभाइजर नरेन्द्र खड्का रहेका छन् । पटकथा अभिमन्यू निरवीको लेखेका हुन् । चलचित्रलाई बिके फिल्म्सले काठमाडौं र एफडीले मोफसलमा वितरण गर्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेत्री जय प्रदाकाे उपिस्थितिमा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’

काठमाडौं । ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । …

प्रतिकृया दिनुहॊस