नेपाल महिला चेम्बरकी अध्यक्ष डा.अन्जान शाक्यको बिदाई ,अध्यक्षमा उर्मिला श्रेष्ठ चयन

काठमाडौँ । नेपाल महिला चेम्बर र नेपाल चेम्बर अफ कमर्सले इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त भएकी छिन् । नेपाल महिला चेम्बरको अध्यक्ष  रहेकी डा. शाक्यलाई संस्थापक अध्यक्ष बनाई सम्मान गरिएको छ भने अध्यक्षमा उर्मिला श्रेष्ठलाई चयन गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा नवनियुक्त राजदूत डा.शाक्यलाई सम्मान गरिएको हो । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उत्तरोत्तर प्रगतिको कामना गर्दै उनलाई सम्मान गरियो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डा.  शाक्यले नेपाल र इजरायलबीचको सम्बन्धलाई अरु प्रगाढ बनाउन महिला उद्यमी, नेपाल महिला चेम्बर, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग बाणिज्य महासङ्घको साथ लिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

उनले नेपाली महिला उद्यमीको उत्पादनको अन्तरिक तथा अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न आफूले सक्दो प्रयास गर्ने पनि बताइन । राजदूत डा.शाक्य ‘एक्लो मान्छेले केही गर्न सक्दैन तर ‘टिमवर्क’ले धेरै काम गर्न सकिन्छ भन्दै टिमवर्ककै कारण नेपाल महिला चेम्बरले छोटो अवधिमा यो सफलता हासिल गरेको हो’ भनिन्।

छोटो अवधिमा नेपाल महिला चेम्बरले विभिन्न तालिम तथा अन्तरक्रियात्मक कार्यक्रम लगायत सामाजिक कार्यहरु गरी नेपाली महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने काम गरेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस