कागतीको यो सात उपायले चम्काउनुस् आफ्नो पूरा घर

काठमाडाैँ । कागती आफ्नो अमिलो स्वादका कारण खानामा खुबै प्रयोग गरिन्छ । तर यसका केही विशेष गुणका कारण यसको प्रयोग सौन्दर्य बढाउनका लागि र घरको सरसफाईमा पनि अत्यधिक गरिन्छ । आउनुहोस्, कागतीका यस्ता सात उपायबारे जानकारी लिऔं जसले तपाईंको घरको हरेक कुनालाई चम्काउनेछः

१. माइक्रोवेभलाई सफा गर्नका लागि एक कप पानीमा कागतीको टुक्रा काटेर त्यसलाई माइक्रोवेभमा १५ मिनेटका लागि तातो हुन दिनुहोस् । त्यसपछि यसलाई निकाल्नुहोस् र त्यसलाई किचन टावेलले सफा गर्नुहोस् । यस्तो गर्दा तपाईंको माइक्रोवेभ नयाँ जस्तै हुनेछ ।

२. डस्टबिनबाट दुर्गन्ध हटाउनका लागि यसमा राम्रोसँग कागतीको रस हाल्नुहोस् र चिसो पानीले धुनुहोस् ।

३. चपिङ बोर्डबाट फल र तरकारीको दाग हटाउनका लागि कागतीको टुक्रामा नुन राखेर यसमा रगड्नुहोस् । दाग र तरकारीको गन्ध दुबै हट्छ ।

४. कपडाबाट दाग हटाउनका लागि कागतीको टुक्रालाई त्यो दागमा रगड्नुहोस् र यसलाई धोएर घाममा सुकाउनुहोस् । दाग गायब हुनेछ ।

५. बाथरुममा राखिएको स्टिलको धारामा लागेको दाग हटाउनका लागि पनि कागती निकै उपयोगी हुन्छ ।

६. सिंक सफा गर्नका लागि कागतीलाई नुनमा निचोरेर एउटा गाढा पेस्ट बनाउनुहोस् र त्यसलाई साबुनको घोलसँग मिसाएर सिंक सफा गर्नुहोस् ।

७. तपाईं झ्यालको सिसा, सिसाको ढोका र आफ्नो कारको सिसामा पनि कागतीको रस मिसाएर सफा गर्न सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री