अनलाईन शेयर कारोबार अब ग्लोबल बैंकबाट

काठमाडाैँ । ग्लोबल आइएमई बैंक नेप्सेको अनलाईन शेयर कारोबार प्रणालीमा आबद्घ भएको छ। यस मार्फत बैंकका ग्राहकले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुुसार उच्चतम ब्यादर पाइने यस बचत खातामा निशुल्क भाईवर र मोबाइल बैंकिङ्ग, पहिलो वर्ष निशुल्क डिम्याट खाता, मेरो शेयर खाता र डेबिट कार्ड, लकर, क्रेडिड कार्ड र ऋण प्रोसेसिंगमा ५० प्रतिशत छुट पाइने छ।

बैंकका देशभर १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर र ११५ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री