चार किलो सुनसहित तीन जना पक्राउ

काठमाडाैँ । चार किलो सुनसहित धादिङको गजुरीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गएराति साढे १० बजे ३ नम्बर प्रदेशको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश ३ का डिआइजी दीपककुमार थापाले जानकारी दिए। रसुवाको उत्तरगया गाउँपालिका– ३ का २७ वर्षीय सन्जित तामाङ, काठमान्डौ तारकेश्वर नपा– ५ का २२ वर्षीय सुरेन्द्र तामाङ र साेही स्थानका २४ वर्षीय विकास तामाङ पक्राउ परेका हुन्।

उनीहरु चढेकाे दुई वटा मोटरसाइकल र ४ किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस