माछापुच्छ्रे बैंकको नयाँ शाखा कोटेश्वरमा

काठमाडौं । माछापुच्छ्रे बैंकले कोटेश्वर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं महानगरपालिका स्थित कोटेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।

उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ गरेका हुन् । बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरेको छ । यस्तै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १८ पुगेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ८८ वटा शाखाहरु, १०८ वटा एटीएम र ५१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३९ स्थानवाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री