आइएमई डिजिटल र जनता बैंकबीच सम्झौता

काठमाडौं । ‘आइएमई डिजिटल’ र जनता बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार जनता बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ ।

बैंकका सेवाग्राहीले आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने, बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने, रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी लगायतका सेवा लिनसक्नेछन् ।

सम्झौतामा आइएमईका प्रमुख संचालन अधिकृत डेनियलडी श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्रीले हस्ताक्षर गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप