नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा सुब्बा निर्वाचित

काठमाडौँ । नेपाल चलचित्र निर्माता सङ्घको १९औँ साधारणसभाबाट अध्यक्ष पदमा उदय सुब्बा निर्वाचित भएका छन् । प्रतिस्पर्धी सुनीलकुमार थापालाई पराजित गर्दै सुब्बा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

सोमबार भएको निर्वाचनमा महासचिव पदमा खगेन्द्र लामिछाने, सचिवमा युवराज गिरी निर्वाचित भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा रामप्रसाद रिजाल, उपाध्यक्ष पदमा ज्योतिराज राई निर्वाचित भए भने रौनक विक्रम कँडेल निर्विरोध भए ।

सङ्घको कार्यसमिति सदस्यहरुमा टङ्कबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, घनेन्द्र थपलिया, प्रवीण कार्की, चुम्बनजङ्ग शाही र राजकुमार पण्डित निर्विरोध छनोट भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री