काठमाडौं । नेपाली चलचित्रकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्गेजमेन्ट गरेकी छिन् । उनले सोमबार गरिएको इन्गेजमेन्टपछि इन्स्टाग्राममार्फत केही तस्बिर सार्वजनिक गर्दै औपचारिक रूपमा जानकारी गराएकी हुन् ।
साझा गरेको तस्बिरमा साम्राज्ञी निकै खुसी देखिन्छिन् । उनले प्रेमिल क्याप्सनसहित इन्गेजमेन्टको घोषणा गरे पनि हुनेवाला श्रीमानको नाम भने खुलाएकी छैनन् ।
उनको पोस्ट सार्वजनिक भएको केही घण्टामै सामाजिक सञ्जालमा सेलिब्रेटी तथा प्रशंसकबाट बधाईको ओइरो लागेको छ । अभिनेत्री प्रियंका कार्की, श्वेता खड्का लगायतले उनलाई बधाई तथा शुभकामना लेखेका छन् ।
फिल्म ड्रिम्स बाट डेब्यू गरेकी साम्राज्ञीले एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । उनी पछिल्लो समय प्रदर्शनमा आएको फिल्म वर एण्ड बधू मा देखिएकी थिइन् ।
तपाईंको प्रतिकृया




