काठमाडौं । नासा सेक्युरिटिजले अब आफ्ना ग्राहकहरुका लागि ट्रेडिङ सिस्टममा एउटा नयाँ फिचर ल्याएको छ। यसलाई नासाले Naasa X – Pro Chart नाम दिएको छ ।
अन्तर्राष्ट्रिय सेयर बजारमा रुचाइएको र खरिद -बिक्रि गर्न, एनालाइसिस लागि यस फिचरले सहयोग पुग्ने कम्पनीले जनाएको छ । विश्लेषणका मध्यमहरुमा कुनै शुल्क तिर्नु नपर्ने सुबिधा ल्याएका कारण , ग्राहकमा सहजता हुने कम्पनीले जनाएको छ ।
यसमार्फत सेयर कारोबारका अन्य क्रियाकलाप, जस्तै, फन्ड लोड गर्ने, र आफ्नो होल्डिङ रिपोर्ट हेर्न पनि सकिने जनाइएको छ ।
तपाईंको प्रतिकृया




