एमाले नेता भट्टचन हिरासतबाट छुटे

काठमाडौं । आर्थिक हिनामिनामा मुछिएका नेकपा (एमाले) नेता देवीप्रकाश भट्टचन हिरासतबाट छुटेका छन् । भट्टचनलाई अदालतले थुनामा राख्न म्याद नदिएपछि थुनामुक्त भएका हुन ।

उनलाई अदालतले हिरासत बाहिरै राखेर अनुसन्धान गर्न छुट दिएको छ । अदालतले उनलाई स्वास्थ्यको कारण देखाउँदै हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएपछि थुनामुक्त गरिएको हो ।

प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कात्तिक ११ गते ललितपुरबाट पक्राउ गरेको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री