एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त भएका छन्। संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको निर्णयअनुसार उनलाई संस्थापक समूहको तर्फबाट प्रतिनिधि सञ्चालकका रूपमा मनोनयन गरिएको हो।

कात्तिक १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालकमा नियुक्त गरेको जनाएको छ। यसअघि सो पदमा सुमन थपलिया संस्थापक समूहको प्रतिनिधित्व गर्दै कार्यरत रहेका थिए।

नवनियुक्त सञ्चालक भट्टराईले संस्थाका अध्यक्ष प्रकाश राज शर्मासमक्ष शपथ ग्रहण गरी औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बैंकिङ क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा चिनिने भट्टराई हाल एनआईसी एशिया बैंक लिमिटेडमा Chief Agriculture and Other Corporate Loans का रूपमा कार्यरत छन्।

बैंकिङ क्षेत्रमा १६ वर्षभन्दा बढी अनुभव बोकेका भट्टराईको ज्ञान र नेतृत्व क्षमताले एनआईसी एशिया लघुवित्तलाई अझ सबल र प्रतिस्पर्धी बनाउन सहयोग पुर्‍याउने संस्थाको विश्वास छ। संस्थाले भट्टराईको नियुक्तिले लघुवित्त क्षेत्रको सेवा विस्तार र लक्ष्य प्राप्तिमा थप बल प्रदान गर्ने अपेक्षा गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप