मेक्सिकोकी राष्ट्रपतिप्रति दुर्व्यवहार र महिला सुरक्षामाथिको प्रश्न

  • गिनिज बुढा

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउम गत मंगलबार एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारको शिकार भएकी छिन् । मेक्सिको सिटीमा आम नागरिकसँग अन्तरक्रियाका क्रममा मदिराले लठ्ठ भएका एक पुरुषले उनीमाथि दुर्व्यवहार गरेका हुन् । जसलाई अहिले पक्राउ गरिएको छ । यो कुराले विश्वभरि नै महिलाको सुरक्षाप्रति सवाल खडा गरेको छ । जब कुनै देशको राष्ट्रपति नै सार्वजनिक स्थानमा सुरक्षित छैनन् भने सामान्य महिलाहरूले कसरी सुरक्षित अनुभव गर्ने भन्ने प्रश्न चारैतर्फ उठिरहेको छ ।

बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रपति शेइनबाउमले यस घटनामाथि प्रकाश पार्दै आफूले यो घटना महिलाका रुपमा भोगेको बताइन् । र, आफूले उजुरी नगरे अरु महिलाको न्यायको अवस्थाबारे नराम्रो सन्देश जाने बताइन् ।

राजनीतिक क्षेत्रमा कार्यरत महिलाहरुले यस्ता दुर्व्यवहार सहनु परेको कुरा नयाँ र नौलो हैन । राजनीतिमा आवद्ध महिलाहरुले प्रायजसो शारीरिक रुपमा अथवा इन्टरनेटमा यस्तो दुर्व्यवहार सहनु परिरहेको हुन्छ । इन्टर-पार्लियामेन्टरी युनियन (IPU) ले २०१६ मा ३९ देशका ५५ महिला सांसदहरुले भोग्नु परेको लैङ्गिक उत्पादन, डर वा हिंसामा आधारित सर्वेक्षण गरेको थियो । जसमा ८१.८% ले मानसिक हिंसा, २१.८% ले यौन हिंसा, २५.५% ले शारीरिक हिंसा र ३२.७% ले आर्थिक हिंसा भोगेको बताए ।

राजनीतिमा आवद्ध महिलालाई गरिने व्यवहार पुरुषलाई भन्दा भिन्न हुन्छ । २००६ मा चिलीकी प्रथम महिला राष्ट्रपति भएकी मिकेले बासेलेटले सत्तामा हुने महिलाको आत्मसम्मान घटाउने धेरै प्रयास हुने अनुभव बताएकी थिइन् । जुन कुरा तत्कालीन परिस्थितिमा पनि लागू हुन्छ । धेरै महिला नेताहरूले आफ्नो लागि आवाज उठाउँदा दोषारोपण गर्ने, उपहासको पात्र बनाइने वा मौन बनाउन खोज्ने गरिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री