काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ११.२९ अंकले घटेर २ हजार ५९६.१२ विन्दुमा बन्द भएको हो।
आज १ करोड ८ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।
आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
त्यस्तै, दरमखोला हाइड्रो इनर्जी र माबिलुङ इनर्जीको शेयरमूल्यमा रकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार शिवम् सिमेन्टको भएको छ । कम्पनीको मात्र ३० करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
तपाईंको प्रतिकृया




