रोयल इनफिल्डको महिलामैत्री साहसिक यात्रा “द मिस्टिक मुस्ताङ राइड” सम्पन्न

काठमाडौँ । रोयल इनफिल्डले द मिस्टिक मुस्ताङ राइड नामक चारदिने साहसिक यात्रा सम्पन्न गरेको छ । जसको उद्देश्य महिलामार्फत स्वतन्त्रता, साहस र रोमाञ्चको भावना मनाउने थियो। यो यात्रामा पाँच जना प्रेरणादायी महिला राइडरहरूले काठमाडौंदेखि मुस्ताङसम्मको मनमोहक र चुनौतीपूर्ण बाटो पार गर्दै नेपालको प्राकृतिक सौन्दर्य र विविधता प्रदर्शन गरेका छन् ।

कार्यक्रमले नेपालको प्राकृतिक र सांस्कृतिक पहिचानलाई उजागर गर्दै घरेलु पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। सहभागी महिला राइडरहरूले हिमाली दृश्य, घुमाउरा पहाडी बाटा र स्थानीय समुदायहरूको अतिथ्यताबाट नेपालका विविध र रंगीन रूपहरू नजिकबाट अनुभव गर्ने अवसर पाएका छन् ।

चारदिने यात्रामा विभिन्न रमणीय र सांस्कृतिक रूपमा समृद्ध स्थानहरूमा विश्राम, स्थानीय समुदायसँगको अन्तरक्रिया र मुस्ताङको अनौठो परम्पराको अनुभव समेटिएको छ। यो यात्राले सहभागी राइडरहरूलाई साहसिकता र आत्म–विश्वासको नयाँ अनुभूति दिने विश्वास आयोजकले व्यक्त गरेको छ।

रोयल इनफिल्डले द मिस्टिक मुस्ताङ राइड मार्फत नयाँ पुस्ताका महिला राइडरहरूलाई मोटरसाइकलिङमा सहभागी हुन प्रेरित गर्ने र नेपाललाई दक्षिण एसियाको अग्रणी साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री