जिली EX5: बुटवल र विराटनगरका डिलर शोरुम एक महिनाभित्र सञ्चालनमा आउने

काठमाडौँ । विश्वप्रसिद्ध जिली EX5 को नेपालका लागि आधिकारिक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले डिलरशिप विस्तारको आक्रामक योजना सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले आगामी एक वर्षभित्र नेपालभरि १४ वटा डिलर नियुक्त गर्ने जनाएको छ ।

देशका सातै प्रदेशमा दुई–दुईवटा डिलरशिप शो–रुम स्थापना गर्ने कम्पनीको योजनाले देशैभरि सहज रूपमा प्रिमियम गुणस्तरको इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने दृढ प्रतिबद्धतालाई झल्काएको कम्पनीले जनाएको छ ।

यस योजनाले एलआरआर मोटर्सलाई नेपालको सबैभन्दा ठुलो र विश्वासिलो एक अटोमोबाइल कम्पनीको रूपमा विकसित गराउने यात्राको थालनी गरेको जनाइएको छ ।

कम्पनीले रणनीतिक विस्तारको पहिलो चरणअन्तर्गत विराटनगर र बुटवलका डिलरहरू नियुक्त भइसकेका, र तिनका शो–रुम तथा सर्भिस केन्द्रको उद्घाटन आगामी एक महिनाभित्र हुने जानकारी दिएको छ ।
यी नयाँ शोरुमहरुले जिलीको विश्वव्यापी मापदण्डअनुरूप ग्राहकहरूका लागि सवारीसाधन प्रदर्शन, टेस्ट ड्राइभ, फाइनान्सिङ्ग सुविधा, बिक्रीपछिको सेवा र जेनुइन स्पेयर पाट्र्स गरी समष्टिगत सेवा उपलब्ध गराउने छन् ।

‘सम्पूर्ण नेपालीहरूको घरदैलोसम्म नै जिली EX5 पयाउने उद्देश्यका साथ हामीले देशव्यापी डिलरशिप विस्तारको पहिलो चरणको योजना घोषणा गरेका हौँ’ एलआरआर मोटर्सका निर्देशक जीवन जङ्ग शाही भन्छन्, ‘हामीलाई विश्वास छ कि विराटनगर र बुटवलमा नयाँ डिलर शोरुमा सञ्चालनमा आएपछि ग्राहकहरूले हाम्रो ब्रान्डको गुणस्तर, विश्वसनीयता र नवप्रवर्तनको वाचा आफ्नै सहरमा प्रत्यक्ष रूपमा अनुभव गर्नेछन् ।’

एलआरआर मोटर्सका बिक्री विभाग प्रमुख अधिर श्रेष्ठका अनुसार, कम्पनीले यो विस्तार योजना देशभरका ग्राहक र सम्भावित डिलरहरूबाट प्राप्त अत्यधिक सोधपुछ र चासोको प्रतिक्रिया स्वरूप तयार गरेको हो ।
‘हामीलाई देशका विभिन्न भागबाट प्रत्यक्ष फोन र सामाजिक सञ्जालमार्फत जिली EX5 बारे थप जानकारी लिन र किन्ने इच्छाका बारेमा धेरै सोधपुछहरू प्राप्त भइरहेका छन्,’ उनले थपे ।

कम्पनीले निकट भविष्यमै अन्य विभिन्न स्थानहरूमा पनि नयाँ डिलर नियुक्त गर्दै शोरुमको स्थापना गर्दै जाने बताएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री