हिमपातपछि कागबेनी-मुक्तिनाथ सवारी सञ्चालनमा रोक

काठमाडौं । हिमाली जिल्ला मुस्ताङमा यस वर्षको पहिलो भारी हिमपात भएको छ। आज बिहानैदेखि उपल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा परेको बाक्लो हिउँले जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ भने मुक्तिनाथ दर्शनका लागि पुगेका सयौं तीर्थयात्रीहरू बाटैमा अलपत्र परेका छन्।

जिल्ला प्रशासन कार्यालयले जोखिमलाई मध्यनजर गर्दै कागबेनीदेखि मुक्तिनाथसम्मको सडकमा यात्रा नगर्न सर्वसाधारणलाई विशेष अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार, उपल्लो मुस्ताङका कोरलानाका, लोमान्थाङ हुँदै मुक्तिनाथ क्षेत्रसम्मका उच्च लेकहरूमा बिहानैदेखि अविरल वर्षासँगै हिमपात भइरहेको छ।

पवित्र मुक्तिनाथ मन्दिर क्षेत्रमा करिब ५ देखि ६ इन्च बाक्लो हिउँ जमेको छ। यसले गर्दा दर्शनका लागि पुगेका तीर्थयात्रीहरूलाई आवतजावतमा अत्यधिक कठिनाइ भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए। हिमपात जारी रहेकाले हिउँको मात्रा दुई फिटसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

हिमपातका कारण सडकहरू चिप्लो र जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासनले कागबेनी-मुक्तिनाथ सडकखण्डमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी छिरिङ किप्पा लामाले कालोभिर, खिङ्गा, झारकोटजस्ता साँघुरा र घुम्ती मोड भएका स्थानमा बाक्लो हिउँ जमेकाले दुर्घटनाको उच्च जोखिम रहेको हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा स्थगित गर्न आग्रह गरेका छन्। हिमपातले मुस्ताङको सौन्दर्यलाई थप आकर्षक बनाए पनि यसले स्थानीय जनजीवन र यात्रामा भने ठूलो चुनौती सिर्जना गरेको

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री