न्यूज दैनिकमा रोजगारीको अवसर, पत्रकारिता र मार्केटिङ क्षेत्रमा मागियो जनशक्ति

काठमाडौँ । डिजिटल युगमा नेपाली पत्रकारितालाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ अघि बढेको न्यूज दैनिक डट कम (newsdainik.com) ले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

२०७४ सालदेखि सञ्चालनमा आएको यो अनलाइन न्यूज पोर्टलले सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विविध विषयवस्तुमा निष्पक्ष र रचनात्मक समाचार सम्प्रेषण गर्दै आएको छ । न्यूज दैनिकले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा योग्य र ऊर्जावान व्यक्तिहरूलाई आफ्नो टिममा आबद्ध हुन आह्वान गरेको हो ।

 विशेषगरी पत्रकारिता र मार्केटिङ क्षेत्रमा करियर बनाउन चाहने युवाहरूका लागि यो एक सुवर्ण अवसर हुन सक्नेछ ।

आवश्यक पदहरू र योग्यता:

  • न्यूज एडिटर (१ जना): पत्रकारितामा स्नातक तह उत्तीर्ण गरेको र कम्तिमा दुई वर्षको कार्य अनुभव भएको ।

  • मार्केटिङ म्यानेजर (१ जना): १०+२ वा सो सरहको योग्यता प्राप्त गरेको ।

  • इन्टर्न/ट्रेनी (२ जना): १०+२ वा सो सरहको योग्यता प्राप्त गरेको ।

इच्छुक तथा योग्य उम्मेदवारहरूलाई आफ्नो बायोडाटा (CV) [email protected] मा पठाउन अनुरोध गरिएको छ । पारिश्रमिक आपसी समझदारीमा तय गरिनेछ ।

न्यूज दैनिकले सबै जातजाति, धर्म, समुदाय, वर्ग, लिङ्गका व्यक्तिहरूलाई समान अवसर प्रदान गर्ने प्रतिबद्दता व्यक्त गरेको छ । यो एक साझा पोर्टल भएकाले सबै प्रकारका विषयवस्तुलाई आधिकारिकताका साथ प्रस्तुत गर्ने कुरामा न्यूज दैनिक दृढ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री