काठमाडौँ । काठमाडौँको एक होस्टलमा प्रहरीले स्वीप अपरेसन गरेको छ । प्रहरीले होस्टलमा गरेको अपरेशनको क्रममा हत्कडीदेखि प्रहरीको लौरोसम्मका सामग्री फेला परेका छन् ।
आइतबार दिउँसो काठमाडौँ महानगरपालिका–३२ सुविधानगरस्थित सम्पदा ब्वाइज होस्टलका दुई ब्लकमा प्रहरीले खोजतलास गरेको थियो । महानगरीय प्रहरी उपत्यका कार्यालय, रानीपोखरीका एआईजी दानबहादुर कार्कीका अनुसार प्रयागमार्गस्थित ‘ए ब्लक’बाट दुई थान हत्कडी, सशस्त्र प्रहरी बल (एपीएफ) को बडी प्रोटेक्टर, एक हार्ड डिस्क र प्रहरीले प्रयोग गर्ने लौरो बरामद गरिएको हो ।
बरामद वस्तु कसरी होस्टलमा पुगे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । सोही क्रममा होस्टलका वार्डेन २४ वर्षीय गोविन्दकुमार ठाकुरलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ जारी राखिएको बताइएको छ।
तपाईंको प्रतिकृया




