गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरूलाई ११ बुँदे कडा निर्देशन

काठमाडौं । गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र आसन्न निर्वाचन लगायतका महत्त्वपूर्ण विषयमा केन्द्रित ११ बुँदे कडा निर्देशन जारी गरेको छ । गृहसचिव रामेश्वर दंगालले आइतबार सचिवस्तरीय निर्णय गर्दै सात पृष्ठ लामो विस्तृत निर्देशन सीडीओहरूलाई पठाएका हुन् ।

स्थानीय प्रशासनलाई थप जिम्मेवार, उत्तरदायी र जनमुखी बनाउँदै राज्यप्रति जनताको भरोसा अभिवृद्धि गर्ने उद्देश्यका साथ यो निर्देशन जारी गरिएको मन्त्रालयले बताएको छ । यसले सीडीओहरूलाई सक्रिय भूमिका निर्वाह गर्न दिशानिर्देश गरेको छ ।

शान्ति सुरक्षा र अपराध नियन्त्रणमा विशेष जोड

निर्देशनमा शान्ति सुरक्षासम्बन्धी ९ वटा बुँदा समेटिएका छन्, जसले विद्यमान सुरक्षा चुनौतीहरूको सामना गर्न र सुदृढ शान्ति व्यवस्था कायम गर्न स्पष्ट खाका प्रस्तुत गर्छ । यसैगरी, अपराध नियन्त्रणका लागि ३ बुँदामा निर्देशन दिइएको छ, जसले अपराध अनुसन्धान र रोकथाममा सक्रियता बढाउन जोड दिएको छ ।

आसन्न निर्वाचनको तयारीमा ५ बुँदे निर्देशन

मन्त्रालयले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि ५ बुँदामा स्पष्ट निर्देशन दिएको छ । यसले निर्वाचन सुरक्षा व्यवस्थापन, समन्वय र आवश्यक तयारीका लागि सीडीओहरूलाई महत्त्वपूर्ण जिम्मेवारी तोकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री