जेष्ठ नागरिक र फरक क्षमता भएका यात्रुलाई हवाई भाडामा भारी छुट, आजैदेखि लागू

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वायु सेवा सञ्चालकहरूबीच हवाई भाडामा महत्त्वपूर्ण सहमति भएको छ । कात्तिक २ गते क्यानका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकले जेष्ठ नागरिक र फरक क्षमता भएका हवाई यात्रुहरूलाई हवाई टिकटमा विशेष छुट दिने निर्णय गरेको हो । यो निर्णय आजैदेखि लागू भएको छ ।

छुटको व्यवस्था यसप्रकार छ:

  • ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक: सरकारले तोकेको अधिकतम भाडादरमा ५० प्रतिशत छुट।

  • ७५ वर्षभन्दा माथिका जेष्ठ नागरिक: सरकारले तोकेको अधिकतम भाडादरमा ७० प्रतिशत छुट।

  • ८० वर्षभन्दा माथिका जेष्ठ नागरिक: सरकारले तोकेको अधिकतम भाडादरमा ८० प्रतिशत छुट।

  • फरक क्षमता भएका यात्रु: उमेर समूह जुनसुकै भए पनि न्यूनतम ५० प्रतिशत छुट।

क्यानले यस निर्णयले जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूलाई हवाई यात्रामा थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गरेको छ । यो पहलले उनीहरूको यात्रालाई सुलभ बनाउनुका साथै सामाजिक समावेशीकरणमा पनि योगदान पुर्‍याउने क्यानले बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री