काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा सहभागी युवाहरूलाई भेटेको र उनीहरूले आन्दोलन ‘हाइज्याक भएको बताएका’ बताएका छन् ।
आइतबार सञ्चार सम्पादकहरूसँगको संवादमा ओलीले आफूले जेनजीको आन्दोलनको विरोध नगरेको स्पष्ट गरे। ‘जेनजीको मागहरू वैध छन्, उनीहरूसँग भेट हुँदा आन्दोलनमा हिंसा गर्नेहरू उनीहरू होइनन् भन्ने प्रस्ट पारे,’ ओलीले भने।
उनका अनुसार २२ गते राति आफूले प्राप्त सुरक्षा जानकारीमा ‘विद्यार्थी आउँछन्, जान्छन्, आन्दोलन शान्तिपूर्ण हुन्छ’ भनिएको थियो। तर २३ गतेको घटनाले त्यो पूर्वानुमान चुक्यो। ‘उधुम मच्चिएपछि जेनजीका युवाहरूले फर्कन माइकिङ नै गरेका रहेछन्,’ ओलीले सुनाए।
उनले थपे, ‘केही बेरमै फेरि दुई चार जना विद्यार्थी मरेको खबरे सुनेँ। विद्यार्थी मानिनुपर्ने के परिस्थिति बन्यो ?अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा घुसपैठ भयो। सडकमा शान्त कायम गर्न बसेका प्रहरीसँग एसएलआरजस्ता गोलीगठ्ठा हुँदैनन्।’




