कर्णाली याक्सको सह-प्रायोजकमा नेबिको

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको कर्णाली याक्स क्रिकेट टिम र नेबिको लिमिटेडबीच सह–प्रायोजन सम्झौता सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रममा दुबै संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो ।

नेबिकोका तर्फबाट कम्पनीका म्यानेजिङ डाइरेक्टर अशोक पोखरेल, सीईओ होम न्यौपाने र मार्केटिङ हेड अरुण पौडेल उपस्थित थिए। सोही अवसरमा कर्णाली याक्सका तर्फबाट MD गृहेन्द्र घिमिरे र Co-Trainer राजु बस्न्यातले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

नेबिको लिमिटेड नेपालकै पहिलो बिस्कुट उत्पादक कम्पनी हो, जसले विगत छ दशकदेखि नेपाली बजारमा स्वस्थकर बिस्कुट, कुकीज, कन्फेक्सनरी र ब्रेकफास्ट सिरियलहरू उत्पादन तथा वितरण गर्दै आएको छ। कम्पनीले कर्णाली याक्ससँगको सहकार्यलाई नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने अवसरका रूपमा लिएको जनाएको छ।

सम्झौतापछि कम्पनीले कर्णाली याक्स टिमलाई आगामी प्रतियोगिताका लागि सफलताको शुभकामना दिंदै समग्र नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामना गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री