राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय विस्तार, ४ नयाँ सदस्य थपिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय विस्तार गरेको छ । पार्टी विधानको धारा २६ बमोजिम कार्यवाहक सभापति डीपी अर्यालले सचिवालयमा चार जना नयाँ सदस्य मनोनित गरेका हुन् ।

यो निर्णय शनिबार बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकमा प्रस्तुत गरिएकाे हाे । सचिवालयमा थपिने सदस्यहरूमा सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाल छन् । यी चारै जना गत निर्वाचनमा प्रत्यक्ष निर्वाचित पूर्वसांसद हुन् ।

रास्वपाको विधानमा २५ जनासम्मको सचिवालय गठन गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर सचिवालय विस्तार गरिएको हाे ।

विधानमा भनिएको छ, ‘पार्टी सचिवालयको गठन पार्टी सभापतिले आफूसहित निर्वाचित पदाधिकारीहरू, कोषाध्यक्ष, प्रवक्ता र बाँकी सदस्यहरू केन्द्रीय समितिबाट सभापतिले मनोनित गरी २५ जनासम्मको पार्टी सचिवालय गठन गरी केन्द्रीय समितिमा जानकारी दिनुपर्नेछ ।’

यसअघि रास्वपामा १० जना सचिवालय सदस्य थिए । अब सचिवालय १४ सदस्यीय बनेको छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री