पुर्णकला विसी र आशिष सुनारको आवाजमा ‘आँशुको उपहार’ (भिडियो)

काठमाडाैँ । सर्जक सञ्जिव कुमार खातीको पहिलो लोकदोहोरी गीत गायिका पुर्णकला विसी र गायक आशिष सुनारको आवाजमा ‘आँशुको उपहार’ गीतको भिडियो सार्वजनिक भएको छ। मायामा हजारौं सपनाहरुलाई सजाइरहेको अवस्थामा आफ्नी प्रेमिकाले छोडेर पराईको काखमा जाँदा मनमा उत्पन्न हुने भावनालाई गीतमा समेटिएकाे छ।

आफूलाई छोडेर गएपनि आफ्नी प्रेमीकालाई खुशी साथ पराईको साथमा रमाउन आग्रह गरिएको छ। चन्दन ओलीको लय सिर्जना तथा सञ्जिव कुमार खातीको शब्द सिर्जनामा मार्मिक मनछुने भाकाहरुलाई समेटेर गीत तयार गरिएको छ।

सुरेश श्रेष्ठको छायाँकन, अमर शाक्यको सम्पादन, कपिल लामाको निर्देशन भिडियोमा रहेको छ। ‘आँशुको उपहार’ गीतमा निरा मगर र आशिष सुनार को अभिनय रहेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री