सिजीको ‘उज्यालो भनेकै सिजी एल.ई.डिहरू’ अभियान सार्वजनिक

काठमाडौँ । सिजी इलेक्ट्रिकले चाडपर्वको अवसरमा आफ्नो नयाँ अभियान ‘उज्यालो भनेकै सिजी एल.ई.डि हरू’ सार्वजनिक गरेको छ । यो अभियानको उद्देश्य नेपाली घर–घरमा उज्यालो, ऊर्जा–सक्षम र दीर्घकालीन समाधान पुर्‍याउनु रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सिजी एल.ई.डिलाई फास्ट सर्भिङ्ग इलेक्ट्रिक गुड्सको रूपमा प्रस्तुत गरिएको छ, जसले घरलाई अझ उज्यालो र आकर्षक बनाउँछ । २४ महिनाको वारेन्टी सहित बजारमा उपलब्ध सिजी एल।ई।डि बल्ब, ट्युबलाइट, प्यानल लाइट, फ्लड लाइट, स्ट्रिट लाईट, ब्याटेन लाईट र विभिन्न रंगका डेकोरेटिभ बल्बहरूले नेपाली उपभोक्तालाई गुणस्तरीय प्रकाश समाधान प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

चाडपर्वको माहोलमा परिवारका साथ घर–परिवार उज्यालो बनाउने सन्देशसहित यो अभियान सुरु गरिएको कम्पनीको भनाई छ । आधुनिक डिजाइन, ऊर्जा बचत र लामो आयुका कारण सिजी एल.ई.डि उत्पादनहरूले बजारमा बलियो स्थान बनाउन सफल भएको कम्पनीको दाबी छ ।

सिजी इलेक्ट्रिकका नेसनल सेल्स हेड मदन खनालले भने ‘सिजी एल.ई.डिले केवल उज्यालो मात्र होइन, नेपाली घरको हरेक कुनामा खुसी र ताजगी पनि ल्याउँछ । हामी नेपाली उपभोक्ताको विश्वासप्रति सदैव कृतज्ञ छौँ ।’ सिजी एल.ई.डि उत्पादनहरू देशभरका प्रमुख इलेक्ट्रिक पसलहरूमा उपलब्ध छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री