देउवाले पूर्णबहादुर खड्कालाई दिए कार्यवाहक

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । उनले पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै पार्टीको कार्यवाहक उपसभापतिसमेत रहेका खड्कालाई हस्तान्तरण गरेको बताएका हुन् ।

खड्कालाई कार्यवाहक दिएर देउवा सम्भवतः भोलि नै उपचारका लागि सिंगापुर गएपछि बाँकी बैठक पनि खड्काले नै चलाउनेछन् । देउवा जेनजी आन्दोलन भएको भदौ २४ पछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा देखा परेका हुन् । ‘१५औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्छु भनेको छु, त्यसपछि विधानले पनि दिँदैन । पार्टी सञ्चालनका लागि अहिले कार्यवाहक पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्छु,’ देउवाको भनाइ थियो ।

साथै उनले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने बताए । उनले नियमित महाधिवेशन हुने पनि बताए । उनले आफू पाँच पटक प्रधानमन्त्री भए पनि पूरा कार्यकाल चलाउन नपाएको बताएका थिए । ‘पाँच पटक प्रधानमन्त्री भएँ । पाँच वर्ष पनि चलाउन पाइन,’ उनले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री