आईजीपीको राजीनामा सत्य होइन : प्रहरी प्रवक्ता

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङले राजीनामा दिन खोजेको भन्ने खबरमा कुनै सत्यता नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिएको अवस्थामा खापुङले बाध्य भएर राजीनामा दिने आशयको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै प्रहरीले विज्ञप्तिमार्फत सत्तयता नभएको उल्लेख गरेको हो ।

प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएका बैठक तथा कार्यक्रममा महानिरीक्षकले त्यस्तो कुनै अभिव्यक्ति नदिएको बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप