घुसपैठकै कारण हिंसा भयो, गोली हान्ने आदेश मैले दिइनँ : निवर्तमान गृहमन्त्री रमेश लेखक

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ मा काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शनकारीमाथि गोली चलाउने आदेश नदिएको स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री वा गृहमन्त्री कसैबाट पनि त्यस्तो आदेश नभएको दाबी गरेका हुन् ।

शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले उक्त आन्दोलनपछि पहिलोपटक सार्वजनिक रूपमा मुख खोलेका हुन् । उनले भने, ‘प्रधानमन्त्रीज्यूले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन् । यो प्रधानमन्त्रीले, गृहमन्त्रीले कुनै पनि रूपमा आदेश गर्ने विषय होइन । त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन ।’

त्यस क्रममा लेखकले आन्दोलनमा घुसपैठ भएको विषय सत्य साबित भएको पनि बताए । ‘घुसपैठ भएको विषय मैले नै भनिरहेको विषय होइन । स्वयं प्रदर्शनका आयोजकहरूले नै भनिरहेको विषय थियो,’ उनले भने, ‘त्यो पछि यथार्थमा सत्य देखियो । जसका कारणले यत्रो ठूलो पीडादायी घटना भए ।’

भदौमा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा केही व्यक्ति घाइते भएका थिए । आन्दोलन हिंसात्मक मोडमा गएपछि सरकारले दमन गरेको आरोप लागेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री