ओलीको अहङ्कारले देशमा राजनीतिक सङ्कट आएको हो : प्रचण्ड

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अहङ्कार र व्यक्तिगत स्वार्थका कारण देशले गम्भीर राजनीतिक सङ्कटको सामना गर्नुपरेको आरोप लगाएका छन् । सम्पादकहरूसँगको एक अन्तक्र्रियामा प्रचण्डले ओली सरकारको पालामा देखिएको अहङ्कारपूर्ण प्रवृत्तिले वर्तमान जटिल अवस्था सिर्जना गरेको बताएका हुन् । 

‘हिजो सरकारको नेतृत्व गर्ने पार्टीका साथीहरूमा रहेको अहङ्कार अझै कायम छ, यो देख्दा मलाई दुःख लागेको छ,’ प्रचण्डले भने । उनले जनताको भावना र देशको आवश्यकताभन्दा व्यक्तिगत स्वार्थ र अहङ्कारलाई प्राथमिकता दिने प्रवृत्तिका कारण मुलुकमा राजनीतिक अस्थिरता बढेको दाबी गरे ।

प्रचण्डको यो भनाइ ओलीले हालै सरकारलाई संसद् पुनः स्थापना गर्नुपर्ने र तत्काल चुनावको विपक्षमा धारणा राखेको एक दिनपछि आएको हो । यसले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीचको राजनीतिक ध्रुवीकरण थप बढाएको छ । उनले ओलीको अडानले सहमतिको वातावरण बिथोलेको र देशलाई थप सङ्कटतर्फ धकेलेको संकेत गरे ।

वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न सबै पक्षले व्यक्तिगत अहङ्कार त्यागेर राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्नेमा प्रचण्डले जोड दिए । उनले मुलुकलाई स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढाउनका लागि जिम्मेवार राजनीतिक व्यवहार आवश्यक रहेको औंल्याए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री