नेपालको लागी स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता एवं आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज योजना ल्याएको छ । यस योजनामा ग्राहकहरुले आफ्नो कुनैपनि गाडीसँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभि साट्न सकिने कम्पनिले जनाएको छ । यसरी पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकहरुले ४ लाख सम्मको छुट पनि पाउन सक्ने कम्पनीले न्यूज दैनिकलाइ जानकारी दिएकाे छ । 
एक्सचेन्ज अफरमा निम्न सुबिधा प्रदान गर्ने कम्पनीले वताएकाे छ ।
१ बर्षको निशुल्क बिमा
पुरानो गाडिको स्पटमै उत्कृट मूलयाङ्कन गरिने
झन्झटरहित फाईनान्सको सूविधा
आर्थिक वर्ष २०७५÷७६ को रोड ट्याक्स तिर्न नपर्ने
३ वर्षको वारेन्टी (६०,००० कि मी सम्म)
५ बर्ष सम्म निःशुल्क सर्भिसिङ्ग
गाडीकाे अतिरिक्त सामान निःशुल्क पाइने
सस्तो मूल्यमा स्पेयर्स पार्टसहरू पाइने
स्याङयोङ कस्ताे कम्पनी हाे त ?
स्याङयोङ, दक्षिण कोरियाको सबैभन्दा अभिनव र उन्नत एसयूवी ब्रान्ड ओटोमोबाइल निर्माता हो । आफ्नो स्थापना बर्ष १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हुँदै आएको छ । सम्भवतः यसको एक मात्र कारण कम्पनीको गुणस्तरिय ईन्जिनियरिङ्ग हो । कम्पनिसंग लक्जरी कारहरू, एसयूवीहरू, पिकअप ट्रक MPV हरू छन् । कम्पनिले संसारभरी करिब १६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात संजाल मजबुत बनाएको छ ।




