सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार कायम गरेको ऐतिहासिक उच्च बिन्दुबाट शुक्रबार ठूलो गिरावट बेहोरेको छ । एकै दिनमा प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेर सुनको बजार मूल्यमा नाटकीय परिवर्तन आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार, शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुनको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो, जुन नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य थियो ।

यसको विपरीत, चाँदीको मूल्यमा भने शुक्रबार वृद्धि देखिएको छ । बिहीबार प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ३ हजार ८५ रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम सुनको मूल्य २ लाख १ हजार ४७५ रुपैयाँ तोकिएको छ भने प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बजार विश्लेषकहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव, डलरको भाउ र भू-राजनीतिक परिस्थितिले सुनचाँदीको मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । बिहीबारको रेकर्ड ब्रेक वृद्धिपछि शुक्रबार आएको गिरावटले लगानीकर्ता र उपभोक्ता दुवैमा उत्सुकता बढाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री