पश्चिम नेपालमा बदली, हल्का वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश भूभाग तथा गण्डकी प्रदेशको पश्चिमी क्षेत्रमा मौसम बदली भएको छ। देशका अन्य भागमा भने मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली छ। बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि तराईका भूभागमा भने मौसम सफा छ। गण्डकी प्रदेशका केही स्थानमा, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम सफा रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री