काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज विजयादशमीको दिन शुभ साइतमा टीका र जमरा ग्रहण गरेका छन् ।
राष्ट्रपति पौडेलले ११ः५३ बजेको शुभ साइतमा पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट टीका लगाएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् । टीका ग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न भएको हो ।
विजया दशमीको दिन देशभर मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्ने चलन रहेको छ । राष्ट्रपति पौडेलले टीका ग्रहणसँगै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गरेका छन् ।
तपाईंको प्रतिकृया




