सम्पर्कविहीन भएकी ११ वर्षीया सुमित्राको भेटियो

धनगढी । कैलालीमा बेपत्ता भएकी बालिका मृत फेला परेकी छन् ।

धनगढी उपमहानगरपालिका–३ चटकपुरकी ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ । उनी बिहीबार साँझदेखि बेपत्ता भएकी थिइन् ।

बालिकाको शव नदीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

निर्वस्त्र अवस्थामा भेटिएको शव भन्दा करिब दुई सय मिटरको दूरीमा उनका कपडा भेटिएका छन् ।

बालिकाको शव परीक्षणका लागि अस्पताल पठाईएको छ । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री