हर्क साम्पाङले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् । प्रधानमन्त्री कार्कीले नयाँ पुस्ता (जेनजी) को भावना र आवश्यकता अनुसार काम गर्न नसकेको भन्दै मेयर साम्पाङले राजीनामाको माग गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साम्पाङले आफ्नो असन्तुष्टि व्यक्त गर्दै लेखेका छन्, ‘सुशीला जी…तपाईंले जेनजीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजिनामा दिनुस् ! म गर्छु उनीहरुको माग पूरा एक-एक गरेर !’

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेको केही दिन मात्रै भएको छ भने उनको मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । दुई पटक मन्त्रिपरिषद् विस्तारपछि हाल ८ सदस्यीय मन्त्रिपरिषद् बनेको छ, जहाँ कार्कीसँगै अन्य मन्त्रीहरूले समेत २ भन्दा बढी मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

पछिल्लो समय नयाँ पुस्ताका युवाहरूको सशक्त आन्दोलनपश्चात् गठित यस सरकारमा प्रधानमन्त्रीसहित केही मन्त्रीहरू ७० वर्षको हाराहारीका नियुक्त भएपछि जनमानसमा आलोचना बढ्न थालेको छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री