रास्वपाले १० महिनादेखि तिरेन घरभाडा, ३ महिनाभित्र खाली गर्न देवकोटाको आग्रह

काठमाडौं । १० महिनादेखि भाडा नतिरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)लाई घरबेटीले घर खाली गरिदिन आग्रह गरेका छन् । रास्वपाको बनस्थलीस्थित केन्द्रीय कार्यालय रहेको भवन तीन महिनाभित्र खाली गरिदिन घरधनी भरतमणि देवकोटाले आग्रह गरेका हुन् ।

अमेरिकामा रहेका देवकोटाले १० महिनादेखि घरभाडा नतिरेपछि घर खालिगरिदिनका लागि अनुरोध गरेको जनाइएको छ । साथै घरबेटी देवकोटाले पार्टीका लागि सापट दिएको रकम पनि नपाएको गुनासो गरेको जनाइएको छ । यसबाट रवि जेल गएसँगै रास्वपा आर्थिक संकटमा परेको पुष्टी भएको छ ।

देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो । स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो ।

रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार समेत नियुक्त भएका थिए । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेल परेका छन् । त्यसपछि कार्यबहाक सभापतिको जिम्मेवारी डीपी अर्यालले लिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप