काठमाडौँ । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १९औँ वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शेयरधनीहरुलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
आश्विन १० गते शुक्रवार बसेको ४९१औँ सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०८१/८२ को वितरण योग्य मुनाफाबाट २०८२ आषाढ मसान्तको चुक्तापूँजी रु. १४,७६,९०,१२,९६६ को ५ प्रतिशतले हुने रु ७३,८४,५०,६४८/३० बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२६ प्रतिशतले हुने रु ३,८८,६५,८२३/५९ सहित जम्मा रु ७७,७३,१६,४७१/८९ लाभांश प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ ।




