महाराजगन्जका प्रहरीको हत्या गर्ने प्रदर्शनकारी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जका दुई प्रहरीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरीको विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरेको हो ।

उनलाई कर्तव्य ज्यानको मुद्दामा अनुसन्धानका लागि थुनामा राखिएको छ । प्रहरीका अनुसार प्रदर्शनकारी युवाले महाराजगन्जमा कार्यरत प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए । घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

साथै, प्रहरीले प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटसम्बन्धी घटना पनि फोटो, भिडियो प्रमाणको आधारमा छानबिन गरी कारबाही सुरु गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री