काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेलगत्तै एक महत्त्वपूर्ण निर्णय गरेका छन् । उनले आगामी पाँच महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् ।
आज मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खरेलले आफ्नो पहिलो निर्णयका रूपमा यो व्यवस्था लागू गर्न निर्देशन दिएका छन् । सुरुमा कर्मचारीहरूले तयार पारेको प्रस्तावमा केही महत्त्वपूर्ण बुँदाहरू थप गर्न लगाएर उनले यो निर्णयलाई अन्तिम रूप दिएको बताइएको छ ।
मन्त्री खरेलको यो निर्णयले काठमाडौं उपत्यका बाहिरका प्रमुख दश शहरका सार्वजनिक स्थलहरूमा इन्टरनेटको पहुँच विस्तार हुनेछ । यसबाट नागरिकहरूलाई सूचना तथा प्रविधिसँग जोड्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तपाईंको प्रतिकृया




