कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

काठमाडौं । नक्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका-१२ गागलका सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।

सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए । इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलतर्फ जाँदै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरी घटनास्थल पुगेपछि थप जानकारी हुने प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री