दसैँमा भायानेट जडान गर्ने ग्राहकहरूका लागि विशेष उपहार र छुट

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दसैँलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । प्रत्येक वर्ष दसैँमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझै ठुलो अफर ल्याएको जनाएको छ ।

यो दसैँमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउने कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत रु. ३,००० पर्ने मेस राउटर रु. ५०० छुटसहित रु. २,५०० मा उपलब्ध हुनेछ। त्यस्तै, रु. १०,७४९ पर्ने डूअल ब्याण्ड फोन जेडटिई नुबिया ए३६ छुटसहित रु. ८,९९ मा पाइनेछ । साथै, ४३–इन्चको हिमस्टार स्मार्ट टिभी रु. २७,९९९ मा किन्न सकिने जानकारी दिएको छ ।

यससँगै, रु. ८,४०० माथि इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकले PromoCode VIA300 हालि रु. ३०० क्यासब्याक पाउनेछन्। साथै, ग्राहकहरूले ‘Spin the Wheel’ मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउनेछन् । यस स्पिनमार्फत थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिने कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री