नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

काठमाडौं । नेपालको संसदीय इतिहासमा नयाँ अध्याय थपिएको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । यससँगै कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन्, जसले मुलुकको राजनीतिक वृत्तमा नयाँ कीर्तिमान स्थापित गरेको छ । 

गत साता ‘जेनजी’ पुस्ताको सशक्त आन्दोलनको आडमा प्रधानमन्त्री पदमा नियुक्त भएकी कार्कीले शपथ ग्रहणलगत्तै महत्त्वपूर्ण राजनीतिक निर्णय लिएकी छिन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै उनले प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरेकी हुन् । आधा पदावधि अर्थात् साढे दुई वर्ष कार्यकाल बाँकी रहँदै उनले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि यसले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ ।

कार्कीको उदय र उनको पहिलो प्रमुख निर्णयले नेपालको आगामी राजनीतिक दिशा कस्तो हुनेछ भन्नेबारे चासो र बहस सुरु भएको छ । युवा आन्दोलनको जगमा सत्तामा आएकी उनको यो कदमलाई कतिपयले परिवर्तनको संकेतका रूपमा हेरेका छन् भने, कतिपयले यसले थप राजनीतिक अस्थिरता निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप