पूर्वप्रधानन्यायाधीश कार्कीलाई सत्ताको बागडोर, प्रतिनिधिसभा विघटनको निर्णय

काठमाडौं । देशको राजनीतिमा नाटकीय मोड आएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै साँझ सरकार प्रमुख बनाउने गरी प्रमुख दलहरूबीच सहमति जुटेको छ । लामो समयदेखि जारी राजनीतिक गतिरोध अन्त्यका लागि शुक्रबार दिनभर भएको गहन छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा शीर्ष नेताहरू पुगेका हुन् ।

शीतलनिवास सम्बद्ध स्रोतका अनुसार, राष्ट्रपति रामचन्द्र पौडेल प्रतिनिधिसभा विघटन गर्नुअघि सुशीला कार्कीलाई सरकारको नेतृत्व सुम्पिने अडानमा थिए, तर पछिल्लो परिस्थितिले उनी पछि हटेका हुन् । 

आन्दोलनरत केही युवा समूहले शीतलनिवास घेर्ने चेतावनी दिएपछि राष्ट्रपति पौडेलले प्रमुख दलका शीर्ष नेताहरूलाई आफूले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको जानकारी गराए । हाल शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा र पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा लगायतका महत्वपूर्ण कामहरू भइरहेको स्रोतले जनाएको छ ।

यस नाटकीय घटनाक्रमले नेपाली राजनीतिमा नयाँ आयाम थपेको छ । देशले एक अनुभवी र निष्ठावान व्यक्तित्वको नेतृत्वमा नयाँ दिशा लिने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री