काठमाडौँमा जेनजी आन्दोलन : मृतकको संख्या ७ पुग्यो, तनाव जारी (अपडेट)

काठमाडौं । काठमाडौँमा जारी जेनजी आन्दोलनले उग्र रूप लिँदै जाँदा मृतकको संख्या ७ पुगेको छ । प्रदर्शनका क्रममा घाइते भएका थप प्रदर्शनकारीको उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएसँगै स्थिति थप तनावग्रस्त बनेको हो ।

प्राप्त जानकारी अनुसार, ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको ज्यान गएको छ । आन्दोलनमा घाइते भई उपचारका लागि अस्पताल भर्ना भएकामध्ये उनीहरूको मृत्यु भएको हो । यसअघि, सिभिल अस्पताल र केएमसी अस्पतालमा एक-एक जनाको मृत्यु भएको थियो । एक जना प्रदर्शनकारीको भने संसद भवन बाहिरै गोली लागेर घटनास्थलमै निधन भएको बताइएको छ ।

आन्दोलनमा गोली लागेर घाइते हुनेहरूको यकिन संख्या अझैसम्म सार्वजनिक भइसकेको छैन । यद्यपि, घटनाको संवेदनशीलता हेर्दा घाइतेहरूको संख्या उल्लेख्य हुन सक्ने अनुमान गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री