जेनजी प्रदर्शन : प्रहरीको गोली लागेर दुईको मृत्यु, ७७ जना घाइते

काठमाडौं । भ्रष्टाचार र कुशासन विरुद्ध नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि युवा पुस्ताले गरेको प्रदर्शनले त्रासदीपूर्ण मोड लिएको छ । सोमबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ भने ७७ जनाभन्दा बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा धनकुटा घर भएका करिब ३५-४० वर्षीय पारुहाङ उथुमी राई रहेको प्रहरीले पुष्टि गरेको छ । यसअघि मृत्यु भएका करिब २२ वर्षीय एक युवकको भने पहिचान खुल्न सकेको छैन । दुवैको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो ।

जेनजी पुस्ताले भ्रष्टाचार, महँगी, बेरोजगारी र सुशासनको माग गर्दै गरेको यो प्रदर्शनले ठूलो जनसहभागिता जुटाएको थियो । तर, प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपले हिंसात्मक रुप लिँदा परिस्थिति नियन्त्रण बाहिर गएको हो । प्रहरीले भीड नियन्त्रणका लागि बल प्रयोग गरेको र सोही क्रममा गोली चलेको बताइएको छ ।

यस घटनामा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फ गरी कम्तीमा ७७ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री