काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छवि रिजालले सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि सुरक्षाकर्मीहरूलाई रबरको गोली चलाउन अनुमति दिएका छन् । यो आदेश सार्वजनिक सम्पत्तिमाथि आक्रमण भएको खण्डमा लागू हुनेछ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले प्रजिअ रिजालले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि आवश्यक परेमा बल प्रयोग गर्ने आदेश दिएको जानकारी दिए । ‘सार्वजनिक सम्पत्तिमाथि आक्रमण भएमा सुरक्षाकर्मीहरूले चेतावनी दिएर सामान्य बल प्रयोग गरे पनि रबरको गोली चलाउन पाउने अनुमति दिइएको हो,’ सहायक प्रजिअ रिजालले भने ।
उनका अनुसार, यो आदेश कसैमाथि सोझै गोली प्रहार गर्नका लागि नभई, सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि अन्तिम विकल्पका रूपमा रबरको गोली प्रयोग गर्ने हदसम्म मात्र सीमित छ ।
हालसम्म कति जनामाथि रबरको गोली प्रहार भयो र कति घाइते भए भन्नेबारे कुनै जानकारी उपलब्ध नभएको पनि सहायक प्रजिअ रिजालले बता ए। यस आदेशले सार्वजनिक शान्ति र व्यवस्था कायम राख्न तथा तोडफोडबाट सरकारी सम्पत्तिको रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।




