काठमाडौं । काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शनले हिंसात्मक रूप लिएको छ । नयाँबानेश्वरस्थित संसद भवनअगाडि भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा एक प्रदर्शनकारीको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन् ।
सिभिल अस्पताल, नयाँबानेश्वरका प्रा.डा. मोहनचन्द्र रेग्मीले उपचारका क्रममा एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकको पहिचान भने खुल्न सकेको छैन ।
प्रहरीका उच्च अधिकृतहरूका अनुसार झडपमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फ गरी करिब ७० जना घाइते भएका छन् । घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पतालसहित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।
तपाईंको प्रतिकृया




